सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ शनिबार बाडफाँड हुने « Khabarhub

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ शनिबार बाडफाँड हुने


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आइपीओ भोलि ११ बजे सानिमा लाइफ इन्सुरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिने भएको हो।

सानिमाको आईपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आइपीओको ६।८४ गुणा बढी हो। यसमा केहि आवेदन रद्द हुन सक्नेछन्।

कम्पनीले बिक्रीमा ल्यएको आइपीओमा आवेदन गर्ने कुल आवेदकमध्ये ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाउनेछन् ।

सानिमा लाइफले साउन २० गतेदेखि २४ गतेसम्म कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो जसमा कम्पनीले कर्मचारीलाई ३ लाख कित्ता शेयर र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएको छ भने बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने छ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ५ : १५ बजे

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल