आगामी आर्थिक वर्षको बजेटले दीगो विकासको लक्ष्यलाई आत्मसात गर्ने « Khabarhub

आगामी आर्थिक वर्षको बजेटले दीगो विकासको लक्ष्यलाई आत्मसात गर्ने


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले दीगो विकासको अवधारणालाई आत्मसात गर्ने बताएका छन् ।

बजेटले क्षेत्रगत भन्दा नीतिगत प्राथमिकतालाई बजेटले आत्मसात गर्ने पनि अर्थमन्त्री खतिवडाको भनाइ छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे उठेका प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा द्वन्द्व घटाउने तथा शान्ति प्रक्रियालाई बलियो बनाउने कार्यक्रम समेटिने बताए ।

असमानता घटाउने, पूँजीले श्रमको शोषण नगर्ने र भएको आर्थिक वृद्धिको समन्यायीक वितरणलाई नै बजेटले आत्मसात गर्ने मन्त्री अतिवडाको कथन थियो ।

‘खास वर्ग र क्षेत्रबाट निर्देशित आर्थिक वृद्धि अर्थात् वित्तिय पूँजीवाद र प्रविधिमा आधारित पूँजीवादले श्रमको शोषण गर्ने भएकाले दीगो हुँदैन,’ अर्थमन्त्री खतिवडाले भने, ‘आर्थिक वृद्धिको आधार फराकिलो भए मात्रै दिगो विकास हुन्छ । आर्थिक वृद्धि सँगसँगै सामाजिक न्याय र वितरण प्रणाली तथा सबैलाई सामाजिक संररक्षण र सुरक्षा जस्ता राज्यका निर्देशक सिद्धान्तबाट नै बजेट निर्देशित हुने छ ।’

वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँटको विषयमा आवश्यक कानूनहरु बनेकाले यसले विस्तारै पूर्णता पाउने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको संसदमा छलफलका क्रममा उठेका ‘ग्रहणयोग्य’ सुझावहरु आगामी बजेटमा समेटिने मन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ३ : ३४ बजे

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय

झापा–२ : रास्वपाकी उम्मेदवार रानामगर करिब १७ हजार मतले अगाडि

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

काठमाडौं– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी