विश्वभर १८ करोड ५५ लाखले जित कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

विश्वभर १८ करोड ५५ लाखले जित कोरोना भाइरसको संक्रमण


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर १८ करोड ५५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख ९७ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १८ करोड ५५ लाख ३४ हजार ९३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ लाख १९ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या २० करोड ६९ लाख ८ हजार २८२ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७० लाख १६ हजार पाँच छ । यसमध्ये एक लाख ३ हजार ३४६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ६८ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४३ लाख ५७ हजार ३४० पुगेको छ ।

अमेरिका फेरि बढ्दै संक्रमण

कोरोना भाइरसको खोप तीव्र पारेपछि अमेरिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएकोमा फेरि बढ्न थालेको छ ।

खोप भएपनि लगाउन नमान्ने तथा मास्क लगाउन छाड्नेहरुका कारण त्यहाँ नयाँ भेरियन्टसहितको संक्रमण फैलिन थालेको विज्ञहरुले जनाएका छन् ।

विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख ३७ हजार १६१ जनाको मृत्यु भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा एक लाख ५५ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७३ लाख ६४ हजार ७०० पुगेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ६७ हजार ९१४ जना, भारतमा ४ लाख ३० हजार ७६२ जना, रूसमा १ लाख ६८ हजार ८६४ जना, बेलायतमा १ लाख ३० हजार ८०१ जना, फ्रान्समा १ लाख १२ हजार ५६१ जना, इटालीमा १ लाख २८ हजार ३७९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : २५ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती