आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायम राख्ने प्रचण्डको प्रस्ताव | Khabarhub Khabarhub

आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायम राख्ने प्रचण्डको प्रस्ताव


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेका छन् ।

शनिबारदेखि काठमाडौँमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा आगामी निर्वाचनसम्म वर्तमान सत्तारुढ गठबन्धनलाई कायम राख्ने प्रस्ताव राखेका हुन् ।

केपी शर्मा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सारेका छन् । उनले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताएका छन् ।

ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएको भन्दै प्रचण्डले आफ्नो प्रस्तावमा भनेका छन्, ‘उनले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरे ।’

संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने, र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनसामू रहेको उनले बताएका छन् । प्रचण्डले आफ्नो दस्तावेजमा अघि भनेका छन्, ‘कम्तीमा आगामी निर्वाचनसम्म कायम राख्ने पार्टीको नीति हुनेछ ।’

प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ०४ बजे

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट