देशभर २ हजार ६२४ संक्रमित थपिए, २० जनाको मृत्यु « Khabarhub

देशभर २ हजार ६२४ संक्रमित थपिए, २० जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप २० संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६७७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । जसमा पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकाको संख्या ७ लाख ३० हजार ४७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ७९५ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयले शनिबार सार्वजिनक गरेको तथ्यांक अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र लिलतपुरमा १६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा थप २० कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आजसम्म नेपाल १० हजार २५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ३० बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर