नेप्से घट्दा पनि कारोबारमा नयाँ रेकर्ड « Khabarhub

नेप्से घट्दा पनि कारोबारमा नयाँ रेकर्ड


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएपनि  दैनिक कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ।

आज २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको द्छ । दैनिक कारोबारमा यो रकम अहिलेसम्मकै उच्च हो।

आइतबार नेप्से २४.५७ अंकले घटेर तीन हजार एक सय ५४.३ अंकमा झरेको छ। आइतबार बजार खुलेको दुई घण्टा नपुग्दै नेप्सेमा करिब १२ अर्ब रुपैयाँको कारोबार भएको थियो।

बजार घटे पनि उत्पादनमूलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूह भने बढेको छ।

आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। १३ मध्ये ३ वटा समूहमा हरियाली देखिएको छ। ३ कम्पनीको सेयर मुल्य बढेर सर्किट लागेको छ।

नेपाल बैंकको सबैभन्दा बढी एक अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अपि पावर छन्।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ३० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर