अफगानी राष्ट्रपति घानीले देश छोडे « Khabarhub

अफगानी राष्ट्रपति घानीले देश छोडे


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो ।

राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।

अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा थिए।

यता, तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको छ । उसले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ ।

द गार्जियनले लेखेअनुसार बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता सुहाइल शाहीनले आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् ।

उनले तालिवानले इस्लामिक सरकार चाहेको पनि बताएका छन् ।

शाहीनले तालिवानले महिलाहरूको सम्मान गर्ने बताए । उनका अनुसार महिलाहरूलाई शिक्षा र काममा पहुँच हुनेछ । उनीहरूले हिजाब लगाउन पाउनेछन् ।

उनले कसैले पनि देश छाड्नु नपर्ने, आफूलाई सबै सक्षम व्यक्तिहरू चाहिएको र सबै दशमै बसेर सहभागी होऊन् भन्ने चाहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ५८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका