लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु « Khabarhub

लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरुसमेत रहेको लेवनानको सेनाले जनाएको छ ।

सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् ।

विस्फोटन भएको बेला घटनास्थलमा झण्डै २०० नागरिक रहेका थिए । घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : ४० बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक