मन्त्रिपरिषद् बैठकः अफगानिस्तानमा रहेका नेपालीको सकुशल शिघ्र उद्धार गरिने | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठकः अफगानिस्तानमा रहेका नेपालीको सकुशल शिघ्र उद्धार गरिने


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शिघ्र उद्धार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए । ‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ’, बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे उनले भने ।

सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : १४ बजे

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।

उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)

शब्द र तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना कञ्चनपुर- कोठाको एउटा कुनामा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक