काबुल विमानस्थलमा गोली चल्यो, पाँच जनाको मृत्यु « Khabarhub

काबुल विमानस्थलमा गोली चल्यो, पाँच जनाको मृत्यु


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार समिति रोयटर्सले जनाएको छ । एकजना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पाँचै जनाको शव लगिएको रोयटर्सले जनाएको छ ।

कस्ले गोली चलाएको हो भन्ने आधिकारिक पुष्टि भने भएको छैन । तालिबानले अफगानिस्तानको राजधानी काबूलस्थित राष्ट्रपतिको कार्यालय नियन्त्रमा लिएको दाबी गरेसँगै देश छोड्नेको विमानस्थलमा भिड लागेको छ । राष्ट्रपति अस्राफ घानीले भने हिजै देश छोडिसकेका छन् ।

हाल अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । मिडिया रिपोर्ट अनुसार विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ ।

तालिबानका एक प्रवक्ताले अफगानिस्तानमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी थालिएको बीबीसीलाई बताएका छन्। देशका अधिकांश भागमा नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतबार राजधानी काबुल प्रवेश गरेका थिए।

उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए।

तालिबान झन्डै २० वर्षपछि सत्तामा फर्किन लागेको हो। सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेर तालिबान सत्ताच्युत भएको थियो। अहिले पुन: सत्तानजिक पुगेको बेला उक्त लडाकु समूहले आफूलाई उदार देखाउने प्रयास गरिरहेको छ।

काबुल नियन्त्रणमा लिइसकेपछि तालिबानले एउटा भिडिओ सार्वजनिक गरेको थियो । यसअघि आइतबार दोहास्थित तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग कुरा गर्दै अफगान जनतासँग “प्रतिशोध” नलिने बताएका थिए।

काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने सयौँ सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन्।

तालिबान लडाकुहरू काबुल छिरेपछि ठूलो सङ्ख्यामा मानिसहरूले अन्यत्र जाने प्रयास गरेका हुन्। साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर माहिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।

अमेरिकी र उसका साझेदार देशहरूले काबुलबाट आफ्ना कर्मचारी अन्यत्र लग्न थालेको भए पनि रुस र चीनले भने आफ्ना दूतावास बन्द नगर्ने जनाएका छन्।

सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हवाइ फायर गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।

बीबीसीका अनुसार गोली लागेर वा भिडमा किचिएर ती मानिसको मृत्यु भएको भन्ने स्पष्ट भइसकेको छैन।

दौडिएर विमान चढ्न खोज्ने मानिसहरूको “अनियन्त्रित” भिडलाई रोक्न सैनिकहरूले गोली चलाउनुपरेको एक अधिकारीले रोएटर्सलाई बताएका छन्।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ४ : ०५ बजे

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका