बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी « Khabarhub

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरुद्ध सडक सञ्चालनलाई प्राथमिकतामा राखी फौज परिचालित गरेको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, चितवन, धनुषा र तनहुँका बाढी प्रभावित क्षेत्रमा रातिदेखि नै फौज परिचालित भएका छन् ।
 
पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसी घरहरू बगाएको खबर प्राप्त भएपश्चात् उक्त स्थानमा फौज खटिएर  सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सरसामान सार्न सहयोग गरिरहेको सेनाले जनाएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका-२ भुताहा र सुस्ता गाउँपालिका-५ स्थित सुस्ता इलाकामा डुबानको जोखिम भएकाले सैनिक फौज खट्टिई स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन् ।
 
पाल्पा माथागढी गाउँपालिका-३ लेन्दीमा पहिरोले पुरेको घरमा खोज तथा उद्धार जारी रहेको निर्देशनालयले जनाएको छ । 

चितवनको भरतपुर महानगरपालिका-१ देवघाटमा र भरतपुर महानगरपालिका-३ बाह्रघरेमा  नारायणी नदीको सतह बढेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
 
धनुषाको मिथिला नगरपालिका-११, आपगाछी, चुरेमा पहिरोले पुरिएको घरमा खोज तथा उद्धार कार्यका लागि फौज खटिएको सेनाले जनाएको छ । 

तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा पहिरो र लेदो आई अवरुद्ध भएको सडकखण्ड काली भञ्जन गणबाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाई सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ३ : ३६ बजे

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम