नारायणी अस्पतालमा अख्तियारको छापा, म्याद नाघेका औषधि बरामद « Khabarhub

नारायणी अस्पतालमा अख्तियारको छापा, म्याद नाघेका औषधि बरामद


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा छापा मारेर म्याद नाघेका औषधि तथा विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि सोमबार छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ ।

अस्पतालद्वारा सञ्चालित फार्मेसीमा रु ७० देखि ८० लाख मूल्य बराबरको म्याद गुज्रिएका विभिन्न औषधि खरिद गरी आर्थिक अनियमिता गरेको उजुरी आयोगमा परेपछि त्यसको छानबिनका लागि छापा मारेको कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।

उनले प्राप्त सूचनाका आधारमा अस्पताल फार्मेसीको गोदाममा जाँच गर्दा भारी परिमाणमा म्याद नाघेका विभिन्न औषधि बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सो फार्मेसीका लागि भएका औषधि खरिद तथा स्वास्थ्य बीमाका बिरामीलाई वितरण गर्ने औषधिमा अनियमिता भएको बारे आफूहरु अनुसन्धान गरिरहेको सूचना अधिकारी सापकोटाको भनाइ छ ।

उनले फार्मेसीसँग सम्बन्धित अस्पतालको लेखा शाखा तथा स्टोरमा रहेका कागजातलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हेटौंडा लैजाने तयारी गरेको पनि बताए ।

यसअघि सन् २०१९ मा आयोगले सो फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा म्याद समाप्त भएका औषधि बरामद भएको थियो ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा वीरेन्द्रबहादुर प्रधानले फर्मेसीको गोदाममा म्याद समाप्त भएको औषधिबारे फार्मेसी इञ्चार्ज हरेन्द्र यादवले आफूलाई कुनै जानकारी नदिएको बताए ।

फर्मेसीसँग औषधि खरिद गर्न रकम नभएको गुनासो आएपछि एक महिना अगाडि मात्र अस्पतालले रु १० लाख उपलब्ध गराएको उनको भनाइ छ ।

नेपाल सरकारले प्रदान गरेको रु २० लाख बीउ पूँजीबाट नारायणी अस्पतालमा विसं २०७४ मा फार्मेसी स्थापना भएको थियो । सो फार्मेसीबाट बिरामीलाई आवश्यक पर्ने औषधि नपाएको निरन्तर गुनासो उठ्दै आएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : ५६ बजे

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत

नक्कली औषधि फेला परेपछि स्वास्थ्य मन्त्रालयद्वारा बजार अनुगमन, १५ भन्दा बढी फार्मेसीलाई कारबाही

काठमाडौं– सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ