नारायणी अस्पतालमा अख्तियारको छापा, म्याद नाघेका औषधि बरामद « Khabarhub

नारायणी अस्पतालमा अख्तियारको छापा, म्याद नाघेका औषधि बरामद


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा छापा मारेर म्याद नाघेका औषधि तथा विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि सोमबार छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ ।

अस्पतालद्वारा सञ्चालित फार्मेसीमा रु ७० देखि ८० लाख मूल्य बराबरको म्याद गुज्रिएका विभिन्न औषधि खरिद गरी आर्थिक अनियमिता गरेको उजुरी आयोगमा परेपछि त्यसको छानबिनका लागि छापा मारेको कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।

उनले प्राप्त सूचनाका आधारमा अस्पताल फार्मेसीको गोदाममा जाँच गर्दा भारी परिमाणमा म्याद नाघेका विभिन्न औषधि बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सो फार्मेसीका लागि भएका औषधि खरिद तथा स्वास्थ्य बीमाका बिरामीलाई वितरण गर्ने औषधिमा अनियमिता भएको बारे आफूहरु अनुसन्धान गरिरहेको सूचना अधिकारी सापकोटाको भनाइ छ ।

उनले फार्मेसीसँग सम्बन्धित अस्पतालको लेखा शाखा तथा स्टोरमा रहेका कागजातलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हेटौंडा लैजाने तयारी गरेको पनि बताए ।

यसअघि सन् २०१९ मा आयोगले सो फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा म्याद समाप्त भएका औषधि बरामद भएको थियो ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा वीरेन्द्रबहादुर प्रधानले फर्मेसीको गोदाममा म्याद समाप्त भएको औषधिबारे फार्मेसी इञ्चार्ज हरेन्द्र यादवले आफूलाई कुनै जानकारी नदिएको बताए ।

फर्मेसीसँग औषधि खरिद गर्न रकम नभएको गुनासो आएपछि एक महिना अगाडि मात्र अस्पतालले रु १० लाख उपलब्ध गराएको उनको भनाइ छ ।

नेपाल सरकारले प्रदान गरेको रु २० लाख बीउ पूँजीबाट नारायणी अस्पतालमा विसं २०७४ मा फार्मेसी स्थापना भएको थियो । सो फार्मेसीबाट बिरामीलाई आवश्यक पर्ने औषधि नपाएको निरन्तर गुनासो उठ्दै आएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : ५६ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको