‘अ ग्लास अफ ह्याप्पीनेस’मा लकडाउन कथाव्यथा « Khabarhub

‘अ ग्लास अफ ह्याप्पीनेस’मा लकडाउन कथाव्यथा


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वेब सिरिज ‘अ ग्लास अफ ह्याप्पीनेस’ निर्माण गरिएको छ । छायांकार सुदीप बरालको निर्माणमा सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यको लेखन तथा निर्देशन रहेको उक्त वेब सिरिज ४ भागको छ ।

सुदीपले वेब सिरिज भिडियो पसल, डिस होम, नेट टिभीलगायत राष्ट्रिय र अन्तराष्ट्रिय एप तथा वेब सर्पmरहरुमा आगामी साताबाट हेर्न सकिने तर युट्युबमा अपलोड नहुने बताए ।

वेब सिरिजमा लकडाउनमा फसेका नवविवाहित जोडी, विवाहित जोडी तथा किशोरावस्थाका साथीहरु गरी तीन फरक फरक कथा समावेश गरिएको छ । सिरिजमा लकडाउनका समयमा फसेका तीन फरक–फरक जोडीको कथा देखाइएको छ ।

सिरिजमा मेनु्का प्रधान, रञ्जना भट्टराई, अनु दहाल, निकिता आचार्य, गौरव विष्ट, सुदीप भुजु, विकास न्यौपानेको अभिनय रहेको छ । सिरिजमा उज्वल बस्ताकोटीको छायांकन छ ।

२०१० मा अस्कर ईन्टरनेशनल कलेजमा अध्ययन गर्नेे क्रममा सुरु भएको सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यले त्यही समयदेखि नै कला क्षेत्रमा सहकार्य गर्दैै आईरहेका थिए । वेब सिरिजमा किशोरराज खाँण सह–निर्माता रहेका छन् भने यो बेब सिरीजको प्रवद्र्धन ओएसआर डिजीटलले गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : ०० बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने प्रक्रिया अघि बढाइने

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत