उद्योग वाणिज्य महासंघ र राप्रपा नेतृत्वबीच छलफल « Khabarhub

उद्योग वाणिज्य महासंघ र राप्रपा नेतृत्वबीच छलफल


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आर्थिक रुपान्तरणसम्बन्धी भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने ध्येयका साथ नेपाल उद्योग वाणिज्य महासङ्घले राजनीतिक दलसँगको छलफल शुरु गरेको छ ।

सोही क्रममा आज महासङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छलफल गरेको हो ।

छलफलमा महासङ्घका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपतिशमसेर जबरा र डा प्रकाशचन्द्र लोहनी, महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागाी भएका थिए ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले भिजन पेपरका बारेमा जानकारी दिँदै यसको सफल कार्यान्वयनमा महासङ्घले सबै राजनीतिक दलहरूको सहयोग खोजेको बताए ।

मुलुकको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पु¥याउने, थप २३ लाख अतिरिक्त रोजगारी सिर्जना गर्ने र जीडीपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको भिजन पेपरको सफल कार्यान्वयनका लागि सरकार, सबै राजनीतिक दल, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।

सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत आएका कतिपय कार्यक्रम तथा नीति भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको भन्दै अध्यक्ष गोल्छाले प्रसन्नता व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसँग सल्लाह सुुझाव लिने उद्देश्यले महासङ्घको नेतृत्वसँग छलफल गर्न आएको जानकारी दिएका थिए ।

महासङ्घले अगाडि सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्य निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सबै राजनीतिक दलका लागिसमेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : ०३ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका