तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ « Khabarhub

तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ ।

तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।  शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो ।

अफगानिस्तान कब्जापछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन् ।

‘अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” मुजाहिदले भने,’हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।’

तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ ।

‘पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,’ सामञ्जनीले माफीको घोषणा गर्दै भने ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : ५५ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्