तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ « Khabarhub

तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ ।

तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।  शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो ।

अफगानिस्तान कब्जापछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन् ।

‘अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” मुजाहिदले भने,’हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।’

तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ ।

‘पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,’ सामञ्जनीले माफीको घोषणा गर्दै भने ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : ५५ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।