एमालेको अवरोधपछि आज पनि लुम्बिनी प्रदेशसभा स्थगित « Khabarhub

एमालेको अवरोधपछि आज पनि लुम्बिनी प्रदेशसभा स्थगित


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक बुधबार पनि स्थगित भएको छ ।

बुधबार बैठक शुरु हुनेबितिकै एमालेका प्रदेशसभा सदस्यले उठेर बिरोध जनाएका थिए । बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताए लगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए ।

सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको र अब कारबाहीको सूचना नसुनाएसम्म बैठक अघि बढ्न नसक्ने उनीहरुको भनाइ छ ।

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका थिए । तर, नारावाजी जारी नै भएपछि सभामुख घर्तिले बिहीबार दिउसो १ बजेसम्मलाई बैठक स्थगित गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूचि रहेको थियो । एमालेले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ११ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको