२५ वर्ष पुरानो कथामा ‘बाटुली’ « Khabarhub

२५ वर्ष पुरानो कथामा ‘बाटुली’


२ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ पारिवारिक टेलिफिल्म ‘बाटुली’ प्रसारण सुरु भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको टेलिफिल्म न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो ।

सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’मा २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । निर्देशक चापागाईंले मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबिच हुने विभेदलाई टेलिफिल्ममा देखाइएको बताए । टेलिफिल्ममा गोपीकृष्णकै कथा छ ।

‘बाटुली’को निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व नवलपुरमा गरिएको हो । अर्का निर्देशक अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको छ ।

टेलिफिल्ममा मौसमी मल्ल, सिपी पौडेल, संगम भुषाल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुशी अर्याललगायतको अभिनय रहेको छ ।

अनिल लामिछानेको छायांकन रहेको ‘बाटुली’मा शारदा पौडेलको श्रृंगार, वीरेन्द्र भाट ‘विपिन’, निरज पन्थीको सहायक निर्देशन छ । ‘बाटुली’ आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ५ : ३५ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल