सिसडोलमा ट्रक पुग्न नसक्दा काठमाडौँको फोहोर संकलनमा समस्या | Khabarhub Khabarhub

सिसडोलमा ट्रक पुग्न नसक्दा काठमाडौँको फोहोर संकलनमा समस्या

१ सय ५० ट्रक फोहोर जानुपर्नेमा अहिले ६० ट्रक मात्र


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तरको वर्षाका कारण केही दिन यता काठमाडौँको फोहोर संकलन र व्यवस्थापनमा समस्या भएको छ ।

उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ ।

तर हाल निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएको महानगरले जनाएको छ ।

बञ्चरेडाँडाको निर्माण समयमै सम्पन्न नहुँदा पटकपटक काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या देखिने गरेको काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले गुनासो गरेका छन् ।

‘बञ्चरे डाडाँको र्निाण सम्पन्न हुन सकेको छैन’ प्रमुख शाक्य भन्छन्, ‘अहिले काठमाडौँ उपत्यकासहित ल्याण्डफिल साइटमा फोहोर पु¥याउनु पर्ने सबै सहरमा कम फोहोर उठेको छ । तर, यसको दोष र दायित्वचाहिँ महानगर एक्लैले व्यहोर्नु परेको छ ।’

फोहोर व्यवस्थापनको समस्या समाधानका लागि प्रदेश र संघ सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

सामान्य दिनमा काठमाडौंको फोहोर बोकेर एक सय ५० वटा ट्रक सिसडोल पुग्थे । तर अहिले दैनिक ६० वटा मात्र पुग्ने गरेका छन् ।

मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण शहरको फोहोर संकलन र ढुवानीमा असहज भएको काठमाडौं महानगर, वातावरण विभागले जनाएको छ ।

महानगरपालिकाले केही दिनअघि सार्वजनिक सुचना जारी गर्दै फोहोर विर्सजनका लागि सिसडोलमा सवारीसाधन पुग्न नसकेको बताएको थियो ।

साथै केही दिन फोहोरलाई घरभित्रै राख्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ०१ बजे

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक

राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

काठमाडौं – कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो