ठाकुर नेतृत्वको ‘जसपा लोकतान्त्रिक’ निर्वाचन आयोगमा दर्ता « Khabarhub

ठाकुर नेतृत्वको ‘जसपा लोकतान्त्रिक’ निर्वाचन आयोगमा दर्ता


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी निर्वचन आयोगमा दर्ता भएको छ ।

महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा नेपाल (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ठाकुर पक्षले नयाँ दल दर्ता गरेको हो ।

ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको जनाइएको छ ।

नव गठित पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।

‘अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन,’ उनले भने ।

 

जसपा (लोकतान्त्रिक)को केन्द्रीय कार्यकारिणी समिति २४ सदस्यीय रहेको छ । यसको चुनावचिन्ह साइकल रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : १६ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको