टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग राख्दै काठमाडौँमा प्रदर्शन « Khabarhub

टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग राख्दै काठमाडौँमा प्रदर्शन


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीलाई तत्काल रिहाइ गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गर्दै मोर्चाले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

जनसंघर्ष र जनविद्रोहलाई राज्यले शान्ति प्रक्रियाको अवधिमा मान्यता दिएर संविधान निर्माण गरेको भए पनि टीकापुर घटनाको आडमा थारु जनविद्रोहलाई मात्र त्यसबाट अलग राख्न र आपराधिक करार गर्न नमिल्ने मोर्चाले जनाएको छ ।

मोर्चाले टीकापुर विद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट नभई राजनीतिक प्रक्रिया र सहमतिबाट निरुपण गरिनुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाइ छ ।

त्यस्तै उनीहरुले टीकापुर घटनालाई कुनै दोहोरो मापदण्ड नअपनाई राजनीतिक तवरबाट टुंग्याउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ४५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको