९५६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

९५६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७७० कोरोना संक्रमितको आईसीयूमा र १८६ को भेन्टिलेटरमा गरी कुल ९५६ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १३१ जना आईसीयूमा र ४८ भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । बागमती प्रदेशमा ४८६ जना आईसीयूमा र १२० जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ७४ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ६२ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ५ जना आईसीयूमा र सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ०१ बजे

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट 

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी