भाइरल ज्वरोका बिरामी बढे « Khabarhub

भाइरल ज्वरोका बिरामी बढे


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले जानकारी दिए ।

“भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा. श्रेष्ठले भने, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हुँदैछ ।”

त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइलपालइनबाट पुर्‍याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ ।

“उक्त संस्थाले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको खबर आएको छ”, उने भने, “अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ ।”

अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ ।

स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : १० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी