बैतडीमा अक्सिजन बैंक स्थापना « Khabarhub

बैतडीमा अक्सिजन बैंक स्थापना


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो ।

कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

कोभिड–१९ व्यवस्थापनका लागि आवश्यक सामग्री सञ्चित गर्दै बैंक स्थापना गरिएको हो । उनले भने, “कोरोना भाइरसको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैंक स्थापना गरेका हौँ ।”

बैंकमा ३३ अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ । अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि पूर्वतयार नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या भएको थियो ।

अब जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्चित गरेर राखेपछि सम्भावित तेस्रो लहरमा उपचारमा सहज हुने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए । उनले भने, “तेस्रो लहरको पूर्वतयारीस्वरुप बैंक स्थापनाले महामारी फैलिए पनि उपचारमा सहज हुनेछ ।”

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १२ : ०० बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान