युरोपियन युनियनको लघु चलचित्र प्रतियोगिता « Khabarhub

युरोपियन युनियनको लघु चलचित्र प्रतियोगिता


३ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालस्थित युरोपियन युनियुनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ । युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो ।

यही असोजको १ देखि ९ गतेसम्म नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ)को दसौँ संस्करण भर्चुअल रुपमा आयोजना हुँदैछ । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म प्रतियोगीको रुपमा सहभागी हुन सक्ने युरोपियन युनियनले उल्लेख गरेको छ ।

लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले जनाएको छ । यी मात्र नभएर लैङ्गिक समानताका विषयलाई छुने अन्य विषयमा बनाइएका फिल्म पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपालीनागरिक हुनुपर्ने र फिल्मको लम्बाई ४० मिनेट वा त्योभन्दा कम हुनुपर्ने युरोपियन युनियनले शर्तको रुपमा उल्लेख गरेको छ ।

त्यसबाहेक प्रतियोगितामा सहभागी हुने फिल्म सन् २०१८ वा त्योभन्दा पछि बनाइएको हुनुपर्नेछ । त्यो समयावधिभन्दा अगाडि बनाइएका फिल्म प्रतियोगिताका लागि योग्य नहुने शर्तको रुपमा उल्लेख गरिएको छ ।

नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ । तर यसरी बनेका फिल्म अंग्रेजी भाषामा सबटाइटल गरेको पर्ने छ । यदि अंग्रेजीमा नै पुरै फिल्म खिचिएको छ भने त्यसलाई नेपालीमा सबटाइटल गरेको हुनुपर्ने युरोपियन युनियनले बताएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले आफ्नो फिल्मएमपी ४ फम्यार्टमा [email protected] भदौ १५ मध्यरातसम्ममा पठाइ सक्नुपर्नेछ । त्योबाहेक फिल्मकर्मीले भिमियो लिंकपनि पठाउन सक्नेछन् जुन लिंक पनि फिल्मकर्मीले माथिको इमेल ठेगानामै मेल गर्नुपर्नेछ ।

यसरी सहभागी हुन आएका फिल्मलाई युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले गठन गरेको निर्णायक समूहले मूल्यांकन गर्नेछ र फेस्टिभलको सुरुवातमै विजेताको घोषणा गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ । यो प्रतियोगितामा उत्कृष्ट बनेको फिल्म नेपाल युरोपियन फिल्म फेस्टिभलको यो संस्करणमा नै प्रदर्शन पनि गरिनेछ ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ११ : २५ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन