पाकिस्तानमा पत्रकारमाथि आक्रमण | Khabarhub Khabarhub

पाकिस्तानमा पत्रकारमाथि आक्रमण


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एक पत्रकार तथा ब्लगरमाथि आफ्नै निवासमा आक्रमण भएको छ ।

इस्लामाबादमा आफ्नै निवासमा पत्रकार तथा ब्लगर असद अलि तुरमाथि आक्रमण तथा कुटपिट भएको हो । पहिचान नखुलेका तीन आक्रमणकारीले उनको अपार्टमेन्टमा कुटपिट तथा यातना दिएको बताईएको छ ।

अनुहारमा मास्क लगाएका ती आक्रमणकारीहरुले तुरलाई चिच्याएमा नसोचेको परिणाम दिने भन्दै धम्क्याएका थिए ।

इस्लामाबादमा अर्का पत्रकार तथा पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरणका प्रमुख अब्सर आलममाथि आक्रमण भएको करिब एक महिनापछि तुरमाथि आक्रमण भएको हो ।

पाकिस्तानमा पत्रकारमाथि आक्रमणको घटनाहरु दिन प्रतिदिन बढिरहेको छ । स्रोत गल्फ न्युज

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ५९ बजे

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा