ललितपुर महानगरले कोरोनाले मृत्यु भएकाहरुको परिवारलाई १ लाख २० हजार दिने | Khabarhub Khabarhub

ललितपुर महानगरले कोरोनाले मृत्यु भएकाहरुको परिवारलाई १ लाख २० हजार दिने


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका कोरोनाले मृत्यु भएकाको परिवारलाई राहतस्वरुप १ लाख २० हजार रुपैयाँ दिने भएको छ ।

महानगरले केही महिनाअघि नै यो निर्णय गरे पनि धेरैजसो मानिसहरु द्विविधामा परेकाले यस विषयमा स्पष्ट हुने गरी पुनः सूचना जारी गरेको हो ।

महानगरले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको जनाएको हो ।

महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने स्पष्ट पारेको छ ।

कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

यस्तै संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्रमण मुक्त भएका व्यक्तिलाई पनि अस्पतालको बिलको आधारमा बढीमा ३० हजार रुपैयाँ राहत पाउने पनि निर्देशिकामा उल्लेख छ ।

उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि संक्रमित व्यक्ति अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भई उपचार गरेको हुनुपर्ने छ ।

२०७७ साउन १ गते पश्चात कोरोना संक्रमित भएका महानगरपालिकाका स्थायी नागरिकले मात्रै यो सहयोग प्राप्त गर्नेछन् ।

उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि २०७८ असार ६ गतेभन्दा अगाडि संक्रमित भएका व्यक्तिको हकमा ६० दिनभित्र पेश गर्नुपर्ने छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार अहिले राहत वितरणका लागि नामसंकलन भइरहेको छ । त्यसका लागि उपप्रमुखको नेतृत्वमा एक समिति गठन भएको छ । जसले महानगरभित्र कोरोना संक्रमण भइ मृत्यु भएका र अस्पतालमा भर्ना भइ उपचार सकेर घर फर्किएकाहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।

‘तथ्याङ्कमा महानगरभित्र मृत्यु भएका २ सय भएका छन् अन्य त्यस्तै अस्पतालमा आइसीयू र भेन्टिलिटरमा उपचार गरी कोरोना निको भएकाहरुको पनि तथ्याङ्क संकलन गरिरहेका छौं’ उनले भने, ०७७ साउन १ गतेपश्चात कोरोना संक्रमित भएका नगरवासीले रकम पाउनेछन् ।’

उक्त राहतका लागि कोरोना कोषमा जम्मा भएको रकम प्रयोग गरिने प्रमुख महर्जनले खबरहबलाई जानकारी दिए ।

योस्तो छ  राहत प्राप्त गर्ने प्रक्रिया 

  • सहयोग प्राप्त गर्नका लागि कोभिड पोजेटिभ भएको पीसीआर रिपोर्ट,
  • संक्रमितको पहिचान खुल्ने कागजात,
  • अस्पताल भर्ना–डिस्चार्ज भएको मिति उल्लेखित कागजात,
  • मृतकको हकमा अस्पतालले उपलब्ध गराएको मृत्यु प्रमाणपत्र,
  • सम्बन्धित वडा कार्यालयको मृत्यु दर्ता प्रमाणपत्र,
  • मृतकसँगको नाता सम्बन्ध खुल्ने कागजात,
  • होम आइसोलेसनमा वा अन्यत्र मृत्यु हुनेको हकमा वडा कार्यालयको सिफारिस तथा शव व्यवस्थापन पुष्टि हुने कागजात पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : २२ बजे

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर– गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक

हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ? 

काठमाडौं– हिन्दु धर्ममा पूजाको निकै महत्त्व रहेको छ । पूजा

नीति तथा कार्यक्रम अघि संसद भवनमा रिहर्सल (तस्बिरहरु)

काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम

आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ?

काठमाडौं– हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग