ललितपुर महानगरले कोरोनाले मृत्यु भएकाहरुको परिवारलाई १ लाख २० हजार दिने « Khabarhub

ललितपुर महानगरले कोरोनाले मृत्यु भएकाहरुको परिवारलाई १ लाख २० हजार दिने


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका कोरोनाले मृत्यु भएकाको परिवारलाई राहतस्वरुप १ लाख २० हजार रुपैयाँ दिने भएको छ ।

महानगरले केही महिनाअघि नै यो निर्णय गरे पनि धेरैजसो मानिसहरु द्विविधामा परेकाले यस विषयमा स्पष्ट हुने गरी पुनः सूचना जारी गरेको हो ।

महानगरले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको जनाएको हो ।

महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने स्पष्ट पारेको छ ।

कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

यस्तै संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्रमण मुक्त भएका व्यक्तिलाई पनि अस्पतालको बिलको आधारमा बढीमा ३० हजार रुपैयाँ राहत पाउने पनि निर्देशिकामा उल्लेख छ ।

उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि संक्रमित व्यक्ति अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भई उपचार गरेको हुनुपर्ने छ ।

२०७७ साउन १ गते पश्चात कोरोना संक्रमित भएका महानगरपालिकाका स्थायी नागरिकले मात्रै यो सहयोग प्राप्त गर्नेछन् ।

उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि २०७८ असार ६ गतेभन्दा अगाडि संक्रमित भएका व्यक्तिको हकमा ६० दिनभित्र पेश गर्नुपर्ने छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार अहिले राहत वितरणका लागि नामसंकलन भइरहेको छ । त्यसका लागि उपप्रमुखको नेतृत्वमा एक समिति गठन भएको छ । जसले महानगरभित्र कोरोना संक्रमण भइ मृत्यु भएका र अस्पतालमा भर्ना भइ उपचार सकेर घर फर्किएकाहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।

‘तथ्याङ्कमा महानगरभित्र मृत्यु भएका २ सय भएका छन् अन्य त्यस्तै अस्पतालमा आइसीयू र भेन्टिलिटरमा उपचार गरी कोरोना निको भएकाहरुको पनि तथ्याङ्क संकलन गरिरहेका छौं’ उनले भने, ०७७ साउन १ गतेपश्चात कोरोना संक्रमित भएका नगरवासीले रकम पाउनेछन् ।’

उक्त राहतका लागि कोरोना कोषमा जम्मा भएको रकम प्रयोग गरिने प्रमुख महर्जनले खबरहबलाई जानकारी दिए ।

योस्तो छ  राहत प्राप्त गर्ने प्रक्रिया 

  • सहयोग प्राप्त गर्नका लागि कोभिड पोजेटिभ भएको पीसीआर रिपोर्ट,
  • संक्रमितको पहिचान खुल्ने कागजात,
  • अस्पताल भर्ना–डिस्चार्ज भएको मिति उल्लेखित कागजात,
  • मृतकको हकमा अस्पतालले उपलब्ध गराएको मृत्यु प्रमाणपत्र,
  • सम्बन्धित वडा कार्यालयको मृत्यु दर्ता प्रमाणपत्र,
  • मृतकसँगको नाता सम्बन्ध खुल्ने कागजात,
  • होम आइसोलेसनमा वा अन्यत्र मृत्यु हुनेको हकमा वडा कार्यालयको सिफारिस तथा शव व्यवस्थापन पुष्टि हुने कागजात पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : २२ बजे

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी

सुकुम्वासीको अधिकारका लागि आन्दोलन घोषणा, जेठ ७ देखि देशव्यापी आमहड्ताल गर्ने चेतावनी

काठमाडौं- भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३