ओली सरकारको पालामा कोभिड खोप नआएको भन्ने नेतृ झाँक्रीको दाबी गलत « Khabarhub

ओली सरकारको पालामा कोभिड खोप नआएको भन्ने नेतृ झाँक्रीको दाबी गलत



नेकपा (एमाले) बाट अलग भएर हालै नयाँ दल गठन प्रक्रियामा रहेको एमाले (समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गत भाद्र २ गते योहो टेलिभिजनबाट प्रसारण भएको योहो बहस कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको कार्यकालमा कोभिड खोप नआएको दाबी गरेकी छन्।

उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री ‌ओलीको विकासप्रेमी, राष्ट्रप्रेमीको छवि बनाउन चुच्चे नक्साको घोषणा, धरहराको उद्घाटन हतारहतारमा गरे पनि उनको कार्यकालमा सुरु भएर अन्त्य भएको कुनै पनि विकास योजना नभएको र कोभिडको खोप पनि ल्याउन नसकेको बताइन्।

उनले कार्यक्रममा भनिन्, “उहाँका कार्यकालमा सुरु भएर अन्त्य भएका एउटा आयोजना भन्नुस् न महोदय। एउटा खोप पनि आएन। एउटा खोप पनि आएन क्या… अनि हामी यति करोड खोप ल्यायौं भनेर उहाँका सल्लाहकारहरुले अमेरिकाले एसियालाई दिएको खोप नेपाललाई हो भनेर ट्वीट गर्दै थिए। यस्तो कुरा गरेर दिग्भ्रमित पार्दै हुनुहुन्थ्यो। आज पनि पार्दै हुनुहुन्छ।”

प्रतिनिधिसभामा सांसद् समेत रहेकी रामकुमारी झाँक्रीको खोपलाई लिएर गरेको दाबी गलत छ।

शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन्।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको सार्वजनिक गरेको विवरण अनुसार २०७८ साल असार २९ गते २ बजेसम्म कोभिशिल्डको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ जनाले लगाएका थिए भने तीमध्येका ४ लाख ६० हजार ७४३ ले दोस्रो मात्रा लगाइसकेका थिए। त्यस्तै ७ लाख ८३ हजारले भेरोसेलको पहिलो मात्रा खोप लगाएका थिए भने तीमध्येकै ६ लाख ४२ हजारले दोस्रो मात्रा खोप पनि लगाइसकेका थिए।

कहिले कति आयो खोप ?

नेपालमा झण्डै ७ महिना अघि नै कोभिड खोप लगाउन सुरु गरिएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका तत्कालीन निर्देशक डा. सागरकुमार राजभण्डारीले पहिलो खोप लगाएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारत सरकारले त्यहाँको कम्पनी सिरम इन्सिच्युटले उत्पादन गरेको १० लाख डोज कोभिशिल्ड नेपाल सरकारलाई र १ लाख खोप नेपाली सेनालाई अनुदान स्वरुप गत माघ ८ गते दिएको थियो।

नेपालले भारत सरकारसँग २० लाख डोज खोपको लागि खरिद सम्झौता गरेको थियो। जसमा १० लाख डोज खोप गत वर्षको फागुन ९ गते नेपाल आएको थियो।

चीन सरकारले नेपाललाई १८ लाख खोप अनुदानमा दिइसकेको छ। सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप ८ लाख मात्रा चीन सरकारले नेपाललाई चैत्र १६ गते अनुदानमा दिएको थियो। १९ जेष्ठ २०७८ मा थप १० लाख मात्रा अनुदानमा दिएको थियो।

नेपाललाई कोभ्याक्स सुविधा मार्फत् समेत थप तीन लाख ३४ हजार डोज खोप अनुदानमा गत फागुन २३ गते पाएको थियो।

अमेरिकी सरकारले नेपाल सरकारलाई एउटा डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार खोप ८ सय ५० मात्रा खोप उपहार स्वरुप हस्तान्तरण गरेको थियो।

चिनियाँ कम्पनी सिनोफार्मसँग पनि केही साताअघि नेपालले ४० लाख डोज खोप खरीदको सम्झौता गरेको थियो। ओली प्रधानमन्त्री भएकै बेला  असार २५ गते पहिलो आपुर्ति भएको थियो।

जापान सरकारले पनि २९ असारमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरूलाई पुग्नेगरी अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको आस्ट्राजेनेका खोपको १६ लाख मात्रा नेपाललाई दिने औपचारिक घोषणा गरेको थियो।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : १५ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको