इलामका कुन स्थानीय तहमा कति बेरुजु « Khabarhub

इलामका कुन स्थानीय तहमा कति बेरुजु


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– फाकफोकथुम गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५८ औ वार्षिक प्रतिवेदन २०७८ अनुसार फाकफोथुम गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा कुल महालेखा परीक्षण गरिएको रकमको ६.८१ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले फाकफोथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाँको महालेखा परीक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैयाँ बेरुजु देखाएको हो।

पर्यटकीय नगरी सूर्योदय नगरपालिका धेरै बेरूजु हुने स्थानीय तहको दोस्रो नम्बरमा छ । सूर्योदयमा १ अर्ब ९७ करोड ३५ लाख २ हजार रुपैयाँको परीक्षणमा ५ करोड १४ लाख ३७ हजार रुपैयाँ अर्थात २.६१ प्रतिशत रकम बेरुजु देखिएको हो ।

त्यसैगरी सदरमुकाम रहेको इलाम नगरपालिकामा १ अर्ब ९१ करोड १ लाख ५१ हजार रुपैयाँको महालेखा परीक्षणमा ४ करोड ४३ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन कुल रकमको २.३२ प्रतिशत हुन आउँछ ।

रोङमा ९४ करोड ३६ लाख ७८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३ करोड ७५ लाख २५ हजार रुपैयाँ अर्थात ३.९८ प्रतिशत रकम बेरुजु देखिएको छ । देउमाई नगरपालिकामा १ अर्ब ८ करोड ६३ लाख ५१ हजार रुपैयाँको लेखा परीक्षणमा ३ करोड १४ लाख ११ हजार रुपैयाँ बेरुजु देखिएको छ । देउमाईमा २.८९ प्रतिशत रकम बेरुजु भएको हो ।

माईजोगमाई गाउँपालिकामा ८३ करोड ३९ लाख ६० हजार रुपैयाँको लेखा परीक्षणमा २ करोड ६० लाख ६७ हजार रुपैयाँ अर्थात ३.१३ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । माई नगरपालिकामा १ अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाँको महालेखा परीक्षणमा २ करोड ५० लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन २.२३ प्रतिशत हुन आउँछ ।

सन्दकपुर गाउँपालिकामा ७८ करोड ४ लाख ९ हजार रुपैयाँको लेखा परीक्षणमा २ करोड १४ लाख ४६ हजार अर्थात २.७५ प्रतिशत बेरुजु भेटिएको हो । चुलाचुली गाउँपालिकामा ८५ करोड ७८ लाख २८ हजार रुपैयाँको परीक्षणमा १ करोड ८४ लाख ४६ हजार रुपैयाँ अर्थात २.१५ प्रतिशत बेरुजु देखिएको छ ।

जिल्लामा सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा बेरुजु देखिएको छ । महालेखा परीक्षण भएको ७० करोड १४ लाख २६ हजार रुपैयाँमा १ करोड ४६ लाख ५९ हजार रुपैयाँ बेरुजु आएको छ । जुन २.०९ प्रतिश हुन आउँछ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : ०० बजे

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल