१०० वर्ष अगाडिको जेठ १ गते, नेपाली जनताले पहिलोपल्ट टेलिफोन देख्न पाएको दिन « Khabarhub

१०० वर्ष अगाडिको जेठ १ गते, नेपाली जनताले पहिलोपल्ट टेलिफोन देख्न पाएको दिन


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सर्वसाधारण जनताले टेलिफोनको प्रयोग गर्न पाएको एक शताब्दी पूरा भइसकेको छ ।

सर्वप्रथम १९७० सालमा म्याग्नेटो प्रविधिबाट नेपालमा टेलिफोन सेवा शुरु भएको थियो । लगत्तै १९७१ मा काठमाडौं र रक्सौल (वीरगन्ज)बीच ओपन वायर लाइनको स्थापना भएर ट्रंक टेलिफोन सेवाको पनि शुरुवात भएको थियो ।

सर्वसाधारणले भने १९७४ जेठ १ गतेदेखि टेलिफोनको प्रयोग गर्न पाएका थिए । त्यसैले आज (जेठ १ गते)को दिनलाई नेपाली जनताले टेलिफोन सेवा प्रयोग गर्न पाएको दिनका रुपमा पनि लिइन्छ ।

१९९१ सालमा काठमाडौंमा टेलिफोन हेड अफिसको स्थापना भएपछि सार्वजनिक रुपमा टेलिफोनको प्रयोग विस्तार भएको थियो । खास गरेर १९९२ सालदेखि सार्वजनिक रुपमा टेलिफोन सेवा वितरण गर्न थालिएको हो ।

प्रारम्भमा काठमाडौं–रक्सौल (वीरगन्ज)बाट शुरु भएको ट्रंक टेलिफोन सेवा पछि अन्य ठाउँमा पनि विस्तार भयो । काठमाडांैदेखि थानकोट, चिसापानीगढी, भीमफेदी, हेटौंडा, अमलेखगन्ज हुँदै वीरगन्ज ट्रंक टेलिफोनको तार तानिएको थियो ।

१९९२ सालसम्म आइपुग्दा २५ लाइनको टेलिफोन एक्सचेन्ज शुरु भयो । १९९३ सालमा काठमाडौं–धनकुटा ट्रंक टेलिफोन लाइन शुरु भयो । पछि उक्त सेवा विराटनगरसम्म विस्तार भयो ।

त्यतिबेला खासगरी प्रशासनिक र व्यापारिक महत्वलाई ध्यान दिएर टेलिफोन सेवाको विस्तार भएको मानिन्छ । व्यापार र प्रशासनिक कामकाजका हिसावले बढी महत्व राख्ने क्षेत्रमा ट्रंक टेलिफोनको लाइन विस्तार हुन्थ्यो ।

१ शताब्दीको अवधिमा नेपालमा दूरसञ्चार (टेलिफोन सेवा)ले निकै फड्को मारिसकेको छ ।

अहिले सरकारी स्वामित्वको नेपाल टेलिकमसँगै निजी क्षेत्रका थप ५ कम्पनीले दूरसञ्चार सेवा प्रदान गरिरहेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १ : १६ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’