ओलीसँग निर्णायक छलफलमा तेस्रो धारका नेताहरु | Khabarhub Khabarhub

ओलीसँग निर्णायक छलफलमा तेस्रो धारका नेताहरु


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको साथ छोडेका तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

यसअघि विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन हुनुपर्ने भन्दै मंगलबारसम्मको अल्टिमेटम दिएका उनीहरु सोमबार अध्यक्ष ओलीसँग निर्णायक छलफलका लागि ओली निवास बालकोट पुगेका हुन्।

अहिले उनीहरुबीच सोमबार बिहान साढे १० बजेदेखि छलफल जारी छ । पार्टी विभाजन अघि माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओलीसँग छलफल गरिरहेका छन् ।

उनीहरुले यसअघि पार्टी विभाजन गरेका माधवकुमार नेपाललगायत १४ जना सांसदहरुमाथिको कारबाही फिर्ता लिनुपर्ने र १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने अडान राख्दै मंगलबारसम्मको समय दिएका थिए ।

मंगलबार माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा प्रस्ताव गरिएको नेकपा (समाजवादी)को सनाखत हुने भएकाले सो सनाखत अघि नै कुनै निर्णय लिनुपर्ने अवस्थामा रहेका उनीहरुले सोमबार निर्णायक छलफल गरिरहेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १२ : ५२ बजे

कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख

दोलखा– जिल्लाको कालिञ्चाेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

मुस्ताङ– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै

माधव नेपाल विशेष अदालतमा उपस्थित 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष

आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर– भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा