सभामुख सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलको आपत्ति « Khabarhub

सभामुख सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलको आपत्ति


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास्न माग गर्दै एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र एमाले सांसदहरुले सभामुख अग्नि सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलले आपत्ति जनाएका छन् ।

सोमबार काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीका प्रमुख सचेतकहरुले सँयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

यही भदौ ३ र ४ गते एमाले सांसदहरुले सिहंदरवारस्थित सभामुखको कार्यकक्षमा धर्ना दिँदै बल प्रयोग गर्नुपर्ने अवस्था नआओस् भन्दै धम्की दिएका थिए । उनीहरु माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न माग गरेका थिए ।

तर, सभामुख सापकोटाले भने आफूले अध्ययन गरिरहेको बताएका थिए । त्यसपछि एमाले सांसदहरुले धम्कीको भाषा प्रयोग गरेका थिए । अध्यक्ष ओलीले पनि एक सार्वजनिक कार्यक्रममा सभामुखले संसद कसरी चलाउँछन् हेरौंला भन्दै धम्की दिएका थिए ।

सोही विषयलाई लिएर काँग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समाजवादीका प्रतिनिधि प्रदीप यादवले सँयुक्त विज्ञप्ति जारी गर्दै संसदीय मर्यादा कायम गर्न माग गरेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : ११ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु