सभामुख सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलको आपत्ति « Khabarhub

सभामुख सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलको आपत्ति


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास्न माग गर्दै एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र एमाले सांसदहरुले सभामुख अग्नि सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलले आपत्ति जनाएका छन् ।

सोमबार काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीका प्रमुख सचेतकहरुले सँयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

यही भदौ ३ र ४ गते एमाले सांसदहरुले सिहंदरवारस्थित सभामुखको कार्यकक्षमा धर्ना दिँदै बल प्रयोग गर्नुपर्ने अवस्था नआओस् भन्दै धम्की दिएका थिए । उनीहरु माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न माग गरेका थिए ।

तर, सभामुख सापकोटाले भने आफूले अध्ययन गरिरहेको बताएका थिए । त्यसपछि एमाले सांसदहरुले धम्कीको भाषा प्रयोग गरेका थिए । अध्यक्ष ओलीले पनि एक सार्वजनिक कार्यक्रममा सभामुखले संसद कसरी चलाउँछन् हेरौंला भन्दै धम्की दिएका थिए ।

सोही विषयलाई लिएर काँग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समाजवादीका प्रतिनिधि प्रदीप यादवले सँयुक्त विज्ञप्ति जारी गर्दै संसदीय मर्यादा कायम गर्न माग गरेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : ११ बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने