जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा उद्घाटन | Khabarhub Khabarhub

जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा उद्घाटन


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लिले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

यो नयाँ आउटलेटको उद्घाटनसँगै, अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा सुलभ पहुँच प्रदान गर्ने भएको छ ।

अग्नि मोटोइन्क प्रा.लिका महाप्रबन्धक शरद मिश्रले शोरूम उद्घाटनका क्रममा भने, “हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्‍याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो ।”

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।

जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाइकल प्रेमीहरूका बीच एक राम्रो विकल्प बन्न पुगेको छ । यो नेपाली बजारमा अग्नि मोटो इंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ ।

नेपालगन्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै, कम्पनीले देशमा क्लासिक मोटरसाइकल वर्ग (सेगमेन्ट)लाई पुनः परिभाषित गरिदिएको छ, जुन वास्तविक क्लासिक स्टाइलका साथ छ, जसले आधुनिक रेट्रो मोटरसाइकलहरूलाई आधुनिक प्रविधिसँग ‘प्याक’ गरिएको छ ।

जावा एक प्रामाणिक र प्रतिष्ठित ब्रान्ड भएकोले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा नेपालगञ्जमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ५६ बजे

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको