अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार « Khabarhub

अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना गरी थप १४९ जनालाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

परराष्ट्र मन्त्रालयले हालसम्म ६५४ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर स्वेदश फर्काइएको जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि त्यहाँ रहेका विदेशी नागरिकहरुले अफगानिस्तान छाडेका छन् ।

नेपाल सरकारले अफगानिस्तानाबाट उद्धार गरिएकाहरुलाई सीसीएमसीको समन्वयमा सामुखुशीस्थित होल्डिङ सेन्टरमा राखिएको छ । अफगानिस्तानबाट उद्धार गरेर दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौँसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । थप ३६१ जना नेपालीहरुले नेपाल फर्किन नाम दर्ता गराएका छन् । सरकारले सम्पर्कमा आएका मध्ये २ जना नेपालीसँग राहदानी नरहेकोसमेत जनाएको छ ।

अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि गठित अन्तर निकाय कार्यदलको सोमबार बसी त्यहाँबाट उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँको समन्वय, उद्धार पछीको स्वदेश फिर्तीबारे छलफल गरी सम्बन्धित सबै विन्दुहरूमा परराष्ट्र मन्त्रालय तथा नेपाली नियोगहरूमार्फत आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ६ : १९ बजे

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते