माधव नेपालसहित नेताहरू चन्द्रागिरि रिसोर्टमा « Khabarhub

माधव नेपालसहित नेताहरू चन्द्रागिरि रिसोर्टमा

नयाँ पार्टी सनाखतका त्यहीबाट निर्वाचन आयोग जाने तयारी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको अघिल्लो दिन चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।

निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ । नयाँ पार्टी सनाखतका लागि आयोगले बुधबार बोलाएको हुँदा आन्तरिक छलफल गर्न नेता नेपाल निकट नेताहरू चन्द्रागिरी पुगेका हुन् ।

नेताहरुका लागि रिसोर्ट बुक गरिएको एक नेताले बताए।

ती नेताले भने, ‘नयाँ पार्टीको विषयमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न यहाँ बस्न लागेका हौँ। माधव नेपाल पनि यहीँ आइसक्नुभएको छ।’

नेताहरू दायाँबायाँ हुनसक्ने भएकाले निर्वाचन आयोग जानुअघि सोही ठाउँमा बस्ने तय भएको बताइएको छ ।  नेता नेपालले आजै (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए।

यता एकता पक्षधर नेताहरूले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर पार्टीमै रहने सहमति गरेका छन् । विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने गरी उनीहरूले सहमति गरेका हुन्।

उनीहरू भोलिको स्थायी कमिटीमा पनि सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : ४३ बजे

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम