कतारमा कुल जनसंख्याको ८० प्रतिशतले लगाए पहिलो डोज खोप « Khabarhub

कतारमा कुल जनसंख्याको ८० प्रतिशतले लगाए पहिलो डोज खोप


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको प्रमुख गन्तव्य मध्येको एक कतारमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरैले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएका छन् ।

सबैभन्दा धेरै पहिलो डोज खोप वितरण गर्ने मुलुकमा कतार विश्वकै दोस्रो हो भने दुबै डोज खोप वितरण गर्ने पाँचौ देश बनेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्याको ८०.१ प्रतिशतले कम्तीमा पहिलो डोज खोप प्राप्त गरेका छन्  भने ६९.९ प्रतिशत मानिसले खोपको दुबै मात्र डोज प्राप्त गरिसकेको जनाएको छ ।

अहिलेसम्म ४२ लाख ६८ हजार २५५ डोज खोप वितरण गरिसकेको मन्त्रालयले जनाएको छ ।

खोप अभियान तीब्र पारिएसँगै यहाँ संक्रमण हुनेको संख्यामा पनि कमी आएको छ । कतारमा पछिल्लो २४ घण्टामा २८९ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३१ हजार १२६ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा २११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसंगै कोरोनाबाट निको हुनेको संख्या २ लाख २७ हजार ६५६ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ६०१ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो एक महिनायता मृत्युदर शुन्य रहेको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा २ हजार ८ सय ६९ वटा ‘एक्टिभ’ केस रहेका रहेको मन्त्रालयले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाईसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : ४० बजे

एसईई र कक्षा १२ को नजिता समयमा नै सार्वजनिक गर्नु नै सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२

चालु वर्षको २ महिनाका विपद्‍मा परी १ सय ५ जनाको मृत्यु, ६ सय बढी घाइते 

काठमाडौं– चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि असार

मिडियामा राज्यको संकुचित दृष्टि

नेपाली प्रेस यतिबेला राज्यको संकुचित दृष्टिका कारण गम्भीर संकटमा परेको

यसै महाधिवेशनबाट रास्वपाको विधानमा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था समेटिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट नयाँ विधान आउन लागेको

राष्ट्रिय चलचित्र पुरस्कार : सधैँ विवादमा पर्ने प्रोत्साहन पुरस्कार यसपालि नायिका आनालाई

काठमाडौं – सरकारले हरेक वर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र