क्रियाशील सदस्यता सार्वजनिक माग गर्दै काँग्रेसमा आन्दोलन « Khabarhub

क्रियाशील सदस्यता सार्वजनिक माग गर्दै काँग्रेसमा आन्दोलन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर काँग्रेस जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेसका जिल्ला सभापतिहरु धर्ना बसेका छन् । क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् । नुवाकोट सभापति जगदिश्वर नरसिंह केसी, दैलेख सभापति कृष्णकुमार विसी, कार्भे सभापति मधु आचार्यलगायतका जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् ।

धर्ना बसेका जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गगन थापाले क्रियाशील सदस्यता छिटो सार्वजनिक गर्न माग गरेका छन् । उनले आफू क्रियाशील सदस्य छु कि छैन भन्ने जान्ने अधिकार सबैलाई भएको बताए । उनले क्रियाशील सदस्यता सार्वजनिक गरेर त्यसमा भएका गल्तिहरु सच्याउनुपर्ने बताए ।

काँग्रेसको १४ औं महाधिवेशनका लागि करिब ९ लाख क्रियाशील सदस्य पुगेका छन् । लामो रस्साकस्सीपछि सोमबार क्रियाशील सदस्यताको विषय टुंग्याइएको थियो । क्रियाशील सदस्यताबारेको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ । क्रियाशील सदस्यताकै विषयमा सहमति नहुँदा पाँच पटकसम्म काँग्रेसको महाधिवेशनको मिति तोकेर सारिएको छ ।

यही भदौ १८ गते देशभरका वडाहरुको अधिवेशनको तालिका छ । तर मंगलबारसम्म वडा अधिवेशनका मतदाता रहेका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १ : ०९ बजे

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य