रेडियो क्यान्डिडको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा « Khabarhub

रेडियो क्यान्डिडको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेभेलियन मिडिया ग्रुपअन्तर्गत  सञ्चालित रेडियो क्यान्डिडको बेटा भर्सनको एन्ड्रोइड एप सार्वजनिक भएको छ ।

यो एपमार्फत रेडियोको सम्पूर्ण समाचार तथा कार्यक्रमहरू प्रत्यक्ष सुन्न सकिने छ । एपमा अन्य उपयोगी सामाग्रीहरू समेत राखिएको छ ।

प्रयोगकर्ताले यस एपमाफर्त दैनिक आवश्यक पर्ने शब्दकोश, क्यालेन्डर, विदेशी मुद्रा, सुनचाँदीको मूल्य, राशिफल, क्यू कोर्ड स्क्यानर, मिति परिवर्तन, लगायतका अन्य फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

हाल एन्ड्रोएड प्रयोगकर्ताले प्लेस्टोरमार्फत यो एप डाउनलोड गरी इन्स्टल गर्न सक्नेछन् ।

एपमार्फत समाचार, पात्रो, तरकारीको मूल्य, रेडियो, युनिकोड लगायत अन्य आवश्यक सामग्री पनि प्राप्त गर्न सकिनेछ ।

रेडियो क्यान्डिडको एप प्राप्त गर्न यो लिंकमा क्लिक गरेर डाउनलोड गर्न अथवा एन्ड्रोइडको प्लेस्टोरमा गई रेडियो क्यान्डिड खोजी गरी इन्स्टल गर्न सकिनेछ ।

प्रयोगकर्ताबाट प्राप्त सुझाबका आधारमा एप परिस्कृत र परिमार्जित गर्दै लगिने व्यवस्थापनले जनाएको छ । रेडियो क्यान्डिडको एप केही दिनभित्रै आइओएस अपरेटिङ सिस्टममा समेत प्राप्त गर्न सकिनेछ ।

एप सबै तह र क्षेत्रका नागरिकहरुका लागि सार्वजनिक गरिएको र उपयोगी हुने रेडियो क्यान्डिडको विश्वास छ । नेपालमा स्मार्टफोन प्रयोगकर्ता बढ्दै गएकाले श्रोताहरूको सुविधाका लागि सार्वजनिक गरिएको एपले श्रोताको दायरा थप विस्तार हुने संस्थाको विश्वास छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ६ : ४४ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ