दोस्रो तहका नेतालाई डा. भट्टराईको प्रश्न : ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै हैन र, खै चेत ? « Khabarhub

दोस्रो तहका नेतालाई डा. भट्टराईको प्रश्न : ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै हैन र, खै चेत ?


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमालेका दोस्रो तहका नेताहरुलाई लक्षित गर्दै उनीहरु दूरदृष्टि र कुनै विचार नभएको टिप्पणी गरेका छन् ।

माधव नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीसँग लागेक स्थायी कमिटी सदस्यहरुलाई संकेत गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

नेता भट्टराइले उनीहरुमा ७० आसपासका बुढा (नेता)हरूको जति पनि सत्य र न्यायको परख, दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएको टिप्पणी गरेका हुन्।

भट्टराईले ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै भएको पनि टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’हामी ७० आसपासका बुढाहरूको जति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला! ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र? चुनावचिन्ह नै पार्टी हो र? खै चेत?’

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : २९ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ