जिल्ला सभापतिहरुको धर्नामा समर्थन जनाउन पौडेल सानेपा जाने | Khabarhub Khabarhub

जिल्ला सभापतिहरुको धर्नामा समर्थन जनाउन पौडेल सानेपा जाने


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्न माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सो धर्नामा सर्मथन जनाएका छन् । सो धर्नालाई समर्थन जनाउन पौडेल बुधबार सानेपा जाने भएका छन् । दिउँसो २ बजे पौडेल सानेपा जाने उनी निकट नेताहरुले जानकारी दिएका छन् ।

क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्न र जिल्ला सभापतिको निर्वाचन सबै जिल्लामा एउटै प्रक्रियामा गर्नुपर्ने माग राख्दै अधिकांश जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । विशेषतः पौडेल समूहका जिल्ला सभापतिहरु धर्नामा बसेका छन् ।

आफू निकट जिल्ला सभापतिहरु धर्नामा बसेपछि बुधबार बिहान पौडेल समूहको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको थियो । सो बैठकले जिल्ला सभापतिहरुको धर्नालाई समर्थन जनाउने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ०२ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।