‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट | Khabarhub Khabarhub

‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकमा रुचाइएको गीत ‘सम्झिनी पानी छम्किनी’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । गीतका गायक तथा मोडल सम्राट चौलागाइँले आफ्नो लोकप्रिय गीतको नामलाई लिएर फिल्म बनाउन लागेका हुन् ।

महिना दिन अघि सार्वजनिक गीतको तीज भर्सनलाई युट्युबमा एक करोड बढीपटक हेरिएको छ । यसअघि यसको अघिल्लो संस्करण पनि हिट भएको थियो ।

फिल्मको निर्देशन विक्रम स्वाँरले गर्नेछन् । फिल्मको गीत आम मानिसको मुखमा झुण्डिएको हुनाले त्यसैको नामलाई सापटी लिएर फिल्म बनाउन लागिएको गायक चौलागाइँले बताए ।

कमेडी जनरामा निर्माण हुने फिल्ममा मल्टीस्टार कलाकारको अभिनय रहनेछ । उनका अनुसार कोरोना महामारी सामान्य भएपछि फिल्म छायांकनको अनुमति लिएर काम सुरु हुनेछ । हाल फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ५२ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको