घुस खान नपाएका कांग्रेसी कर्मचारीले अनावश्यक बखेडा झिके : मन्त्री यादव « Khabarhub

घुस खान नपाएका कांग्रेसी कर्मचारीले अनावश्यक बखेडा झिके : मन्त्री यादव


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कर्मचारीको हक हितमा काम गरिरहेका बेला नेपाली कांग्रेस पक्षधर कर्मचारी युनियनका नेताहरुले कार्यकक्षमै अनावश्यक भाँडभैलो मच्चाएको प्रतिक्रिया दिएका छन् ।

बुधबार दिउँसो मन्त्रालय कार्यकक्षमा हात हालाहाल भएको विषयमा खबरहबसँग कुरा गर्दै मन्त्री यादवले भने, ‘कांग्रेस पक्षधर कर्मचारीका नेताहरुलाई घुस खाने ठाउँ चाहिएको रैछ, त्यही विषयमा अनावश्यक बखेडा झिके, अरु केही होइन ।’

‘सचिवालयमा कर्मचारी नेताहरु आएर अनेक बहाना झिक्दै बबाल मच्चाइरहेको थिए,’ मन्त्री यादवले भने, ‘यो नेतागिरी गर्ने ठाउँ होइन भन्न नपाउन्दै उनीहरुले ममाथि आक्रोश पोखे । जाइलाग्न खोजे ।’

यसअघि सरुवाको विषयलाई लिएर मन्त्रीमाथि हातपात भएको भन्दै प्रकाशन भएका समाचारका विषयमा मन्त्री यादवले केही डिजिटल पत्रिकाहरुले अतिरञ्जना फैलाउन खोजेपनि वास्तविकता त्यो तहको नभएको प्रतिक्रिया दिए ।

नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा घुस लिएर सरुवा गरेको आरोप लगाउँदै कांग्रेस निकट कर्मचारीहरु युनियनका नेताहरु मन्त्रीको कार्यकक्ष घेर्न पुगेपछि दिउँसो मन्त्रालय कार्यकक्षमै  झडपको स्थिति सिर्जना भएको थियो ।

यो पनि पढौं

 

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : १४ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।