बेस्ट फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण « Khabarhub

बेस्ट फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेस्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौँ महानगरपालिका न्यूरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ ।

फाइनान्सले सोही वडाको न्यूरोड, पिपलवोटस्थित रमा गृह भवनमा उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको फाइनान्सले जनाएको छ ।

नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा न्यूरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपालको ४ वटा पुरानो फाइनान्स कम्पनीहरू मर्ज भई बनेको यस बेस्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत आफनो सेवा दिँदै आएको छ ।

संस्थाबाट हाल डिजिटल बैकिङ सेवालगायत नेपाल राष्ट्र बैंकको नीतिबमोजिम विभिन्न बचत योजनासहित सहुलियत कर्जाहरू समेत प्रदान गर्दै आएको फाइनान्सले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ४० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर