अस्ताए जनगायक जेबी टुहुरे « Khabarhub

अस्ताए जनगायक जेबी टुहुरे


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकप्रिय जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पतालमा उपचाररत उनको निधन भएको हो ।

जनवादी, प्रगतिशिल र क्रान्तिकारी गायकको छवि बनाएका टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका रोगीसमेत थिए । उनको जन्म वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा भएको थियो ।

२०२१ सालमा पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उनले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गरेका थिए ।

२०१० सालबाट सांगीतिक यात्रा सुरु गरेका जेबीले २०२० को दशकदेखि कम्युनिस्टका गीत गाउँदै हिँडे । माले हुँदै एमाले निकट रहेका टुहुरे वि.सं.२०६६ सालपछि माओवादी निकट थिए । २०७० सालको संविधानसभामा निर्वाचनमा टुहुरे माओवादीबाट संविधानसभा सदस्य भएका थिए ।

जेबीले गाएको गीत ‘आमा दिदी बहिनी हो’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’  लोकप्रिय छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १ : १८ बजे

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ