अस्ताए जनगायक जेबी टुहुरे « Khabarhub

अस्ताए जनगायक जेबी टुहुरे


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकप्रिय जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पतालमा उपचाररत उनको निधन भएको हो ।

जनवादी, प्रगतिशिल र क्रान्तिकारी गायकको छवि बनाएका टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका रोगीसमेत थिए । उनको जन्म वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा भएको थियो ।

२०२१ सालमा पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उनले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गरेका थिए ।

२०१० सालबाट सांगीतिक यात्रा सुरु गरेका जेबीले २०२० को दशकदेखि कम्युनिस्टका गीत गाउँदै हिँडे । माले हुँदै एमाले निकट रहेका टुहुरे वि.सं.२०६६ सालपछि माओवादी निकट थिए । २०७० सालको संविधानसभामा निर्वाचनमा टुहुरे माओवादीबाट संविधानसभा सदस्य भएका थिए ।

जेबीले गाएको गीत ‘आमा दिदी बहिनी हो’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’  लोकप्रिय छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १ : १८ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको