घरमा बर्गर बनाउने सजिलो टिप्स « Khabarhub

घरमा बर्गर बनाउने सजिलो टिप्स


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजका युवा पुस्ता र बालबालिकालाई बर्गर निकै मन पर्दछ । पश्चिमी मुलुकबाट सुरु भएको खाजाको परिकारका रुपमा बर्गर भेज र ननभेज दुवै फ्लेवरमा पाइन्छ ।

होटल, रेस्टुरेन्टमा खाने बर्गर घरमै पनि बनाउन सकिन्छ । बर्गर बनाउन केवल केहि सामाग्री जुटाएर यसलाई बनाउने विधी थाहा पाए घरमै सजिलै यसलाई बनाउन सकिन्छ । जुनकुनै फ्लेवरका बर्गरलाई एकै खालका सामग्रीले काम गर्छ, केवल किमा मात्रै फरक चाहिन्छ । कसरी बनाउने त बर्गर ?

सामग्री/प्रतिव्यक्ति
ब्रेड (बर्गर बन) एक पिस
चाइनिज साग एक पत्ता
गोलभेँडा स्लाइस गरेको दुई पिस
प्याज स्लाइस गरेको दुई पिस
काँक्रो स्लाइस गरेको दुई पिस
भेजिटेबल (मसिनो र लाम्चो आकारमा काटेको बन्दा, गाँजर, सिमी) सानो एक बटुका
माइनोज सस एक खाना चम्चा
मिक्स भेज चप गरेको एक बटुका
ननभेज बनाउने हो भने किमा मासु
मैदा एक चिया चम्चा
कर्नफ्लर एक चम्चा
ब्रेडकम एक चम्चा
नुन स्वादअनुसार
टेस्टिङ पाउडर स्वादअनुसार
सोया सस एक चम्चा

– बर्गर बनलाई बिचमा काटेर दुई पिस बनाएपछि फ्राइपेनमा तताउने ।
– चप गरेको मिक्स भेज, मैदा, कर्नफ्लर, बे्रडकम, नुन, टेस्टिङ पाउडर, सोया सस सबै राखेर रोटी बेल्दा आटा मोलेजस्तो गरेर राम्रोसँग मोल्ने ।
– यसलाई हातले हल्का थिचेर बर्गर बनको आकार दिने (यसलाई प्याडी भनिन्छ) र राम्रोसँग पाक्ने गरी फ्राइपेनमा फर्काई–फर्काई तताउने ।
– अब लाम्चो आकारमा चप गरेको भेजिटेबललाई माइनोज सससँग मोल्ने ।
– त्यसपछि यसलाई पनि हातले हल्का थिचेर बर्गर बनको आकार दिने ।
– बर्गर बनको एक पिस लिने र यसमाथि चाङ मिलाउँदै चाइनिज साग, काँक्रो, गाँजर, प्याज लगायत स्लाइस राख्ने ।
– योमाथि माइनो सससँग मोलेर तयार पारेको भेजिटेबल पनि चाङ मिलाएर राख्ने ।
– यसपछि प्याडी राख्ने र बर्गर बनको अर्को पिसले माथिबाट छोप्ने ।
– अब बर्गर तयार भयो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ११ : ५० बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध