बाध्यताले विद्रोह गर्‍याैँ, तर यात्रा निकै कठिन भयो : नेपाल (भिडियोसहित) « Khabarhub

बाध्यताले विद्रोह गर्‍याैँ, तर यात्रा निकै कठिन भयो : नेपाल (भिडियोसहित)


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले बाध्यताले एमालेमा विद्रोह गरेको बताएका छन् । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर दक्षिणपन्थी भासबाट जोगिएर नयाँ पार्टी गठन गर्ने अवस्थामा आइपुगेको बताए ।

उनले भने, ‘ओलीले एमालेलाई दक्षिणपन्थी भासमा डुबाएपछि क्रान्तिकारी धारको नेतृत्व गर्दै पार्टी पुनःगठनको अवस्थामा आयौँ । यहाँसम्मको यात्रा निकै कठिन भयो ।’ उनले यो यात्राका कतिपय सहयोद्धाले यात्रा बिचैमा छाडेकोसमेत बताए । पार्टी विभाजनअघि आफूसँगै रहेका भीम रावलहरुप्रति संकेत गर्दै अध्यक्ष नेपालले लामो यात्रा गर्दा कतिपयहरु थाकेको बताए । तर जो थाकेनने उनीहरु अगाडि बढेको उनले बताए ।

उनले भने, ‘यो यात्राका कतिपय सहयोद्धाहरु अहिले हामीसँग छैनन्, तर उहाँहरुप्रति कुनै गुनासो छैन ।’ उनले कसैकसैलाई नयाँ पार्टी गठन गरेर हुँदैन भन्ने लागेको उल्लेख गर्दै सबै बाधा अवरोध हटाउँदै राष्ट्रको हितका लागि नयाँ यात्रा सुरु गरेको तर्क गरे।

अध्यक्ष नेपालले भने, ‘केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पुर्याए, व्यक्तिवादी अंहकारको घोडामा सवार भए, पार्टीलाई व्यक्तिवादी कम्पनी बनाए, क्रान्तिकारी योद्धालाई निस्कासन गरेपछि विद्रोह गर्ने बाहेक अरु विकल्प भएन । इतिहासमा यस्तो विद्रोह भएको छ । विश्वमा पनि भएको छ । स्वयम कार्ल माक्र्सले विद्रोहोको नेतृत्व गर्नुपरेको थियो ।’

उनले ओलीको दक्षिणपन्थी गुट, असफल गुट, विभाजित हुँदा भोजभतेर गर्ने, प्रतिनिधिसभा विघटन गरेर प्रतिगमलाई प्रसय दिने व्यक्तिको भ्रमबाट मुक्त भएर एकीकृत समाजवादीमा समाहित हुन आह्वानसमेत गरे।

उनले आफ्नो पार्टी पुरानो बाटोबाट नहिँड्ने बताए । उनले भने, ‘पुरानो लिकमा जाँदैनौं, ओलीले स्थापित गर्न खोजेको संस्कारभन्दा नितान्त भिन्न हुनेछ । जबजको मूल्यमान्यतालाई मानेर अगाडि बढ्ने छ । राष्ट्रप्रति समर्पित, जनताप्रति समर्पित, नीजि हितका लागि लाग्ने स्वार्थी र कुसंस्कारीको जमात हुने छैन, नेताको भजनमण्डली हुने छैन, आरती उतार्ने काम हुने छैन। जनआधारित पार्टी हुनेछ। नयाँ समाजको निर्माण गर्ने चाहाना छ । सबै पक्षलाई समावेस गरिनेछ।’

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ३ : ५० बजे

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी