नेपाल बैंकको अध्यक्षमा नियुक्त अर्यालले लिए शपथ | Khabarhub Khabarhub

नेपाल बैंकको अध्यक्षमा नियुक्त अर्यालले लिए शपथ


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका सुमनराज अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उनले पद तथा गोपनियता शपथ लिएका हुन् । अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका अर्याललाई कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको हो ।

गर्भनर अधिकारीज्यू नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै उनको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नव नियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा शुखी व्यक्त गरे । शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय निलम शर्मा ढुंगाना र बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : १५ बजे

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ ।