विश्वमा सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख, १ लाख १२ हजारको अवस्था गम्भीर « Khabarhub

विश्वमा सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख, १ लाख १२ हजारको अवस्था गम्भीर


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख २६ हजार २५३ पुगेको छ । विभिन्न अस्पतालमा उपचाररत १ लाख १२ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेभन्दा संक्रमण हुने दर बढेको छ । बितेको २४ घण्टाको तथ्यांक हेर्दा ७ लाख ३ हजार १६ जनामा नयाँ संक्रमण देखिएको छ । सोही अवधिमा ५ लाख ७७ हजार ९४१ जनाले कोरोनालाई जितेका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या २१ करोड ५४ लाख २४ हजार ३८४ पुगेको छ ।

अहिलेसम्म ४४ लाख ४७ हजार २५७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र १० हजार ६४५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ३६ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ