पाकिस्तानमा आपराधिक ग्याङहरूलाई राजनीतिज्ञहरूले संरक्षण गरेको आन्तरिक मामिला मन्त्रीको भनाइ « Khabarhub

पाकिस्तानमा आपराधिक ग्याङहरूलाई राजनीतिज्ञहरूले संरक्षण गरेको आन्तरिक मामिला मन्त्रीको भनाइ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा आन्तरिक मामिला मन्त्रीले सिन्धस्थित आपराधिक ग्याङहरूलाई केही राजनीतिज्ञहरूले संरक्षण गरेको टिप्पणी गरेका छन् ।

सिन्ध प्रान्तमा सक्रिय शसस्त्र डाकु ग्याङहरूलाई केही राजनीतिक स्वार्थ भएकाहरूले संरक्षण गरेको आन्तरिक मामिला मन्त्री शेख रासिद अहमदले टिप्पणी गरे ।

सिन्ध प्रान्तमा केन्द्र सरकारले गभर्नर शासन लागु नगर्ने पनि उनले स्पष्ट पारे । सिन्ध प्रान्तको आन्तरिक मामिलामा प्रधानमन्त्री इमरान खानले हस्तक्षेप गर्न नचाहेको उनले बताए ।

सिन्ध प्रान्तको कात्चा क्षेत्रमा सक्रिय आपराधिक ग्याङ हटाउन केन्द्र सरकार पनि लागि परेको उनले बताए । आपराधिक ग्याङविरुद्ध प्रहरीलाई सहयोग गर्न सिन्ध रेन्जरहरू पनि तयार रहेको उनले बताए ।

आवश्यक भएमा रेन्जरहरू खटाउन सिन्ध सरकारको बिशेषअधिकार रहेको पनि उनले बताए । सिन्धमा आपराधिक ग्याङको बिषयबारे प्रधानमन्त्री खानलाई रिपोर्ट पेश गर्ने पनि शेखले बताए ।

केन्द्र सरकारले मुत्ताहिदा क्वामी अभियानलाई समर्थन गर्ने बताउँदै आर्थिक अनियमितता गर्ने प्रान्तका सरकारी अधिकारीहरूमाथि कारबाही हुने उनले बताए ।

सिन्धमा समस्याको रुपमा रहेको आपराधिक ग्याङविरुद्ध केन्द्र र प्रान्त सरकारले सहकार्य गर्नेबारे प्रान्तीय मुख्य मन्त्रीसँग वार्ता भएको पनि शेखले बताए । सिन्ध प्रान्तका विभिन्न आदिवासी क्षेत्रहरूमा शसस्त्र आपराधिक ग्याङहरू सक्रिय रहेका छन् । स्रोत द न्यूज

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ११ : ३९ बजे

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका