एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात « Khabarhub

एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात


११ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके–नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो ।

यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हँुदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६÷७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो ।

आव ०७७÷७८ मा रु ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६÷७७ मा रु ६० करोड १० लाख १५ हजार १४४ बराबरको आयात भएको थियो । आव ०७५÷७६ मा रु ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ को चामल आयत भएको देखिन्छ ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उनले बताए । आव ०७६÷७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । ‘पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,’ उनले भने ।

कार्यालयका अनुसार गत आवमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६÷७७ को तुलनामा धेरै हो । उक्त आवमा रु एक अर्व ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा रु ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आव ०७६÷७७ मा रु ४१ करोड ९३ लाखका क्लिङकर आयात भएको थियो । ‘सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ,’ कार्यालय प्रमुख भण्डारीले भने, ‘लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ ।’

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १२ : ५९ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु