अफगानीहरुलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा « Khabarhub

अफगानीहरुलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत आउन चाहने अफगानी नागरिकहरुलाई आकस्मिक प्रवेश अनुमति (भिसा) दिने भारतले घोषणा गरेको छ । भारतीय गृहमन्त्रालयले ६ महिनाका लागि आकस्मिक भिसा दिने घोषणा गरेको एएनआई समाचार एजेन्सीले जनाएको छ ।

अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि हजारौं अफगानीहरुले अफगानिस्तान छाडिरहेका छन् । भारत र तालिबानबीच सुमधुर सम्बन्ध नहुने संकेतहरु देखिएका बेला भारतले अफगानीहरुलाई आकस्मिक भिसा दिने घोषणा गरेको हो ।

भारतले अफगानिस्तानमा तालिबानको कब्जापछि आफ्नो राजदूतावास बन्द गरिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै एक सार्वजनिक कार्यक्रममा आतंकीको सत्ता धेरै नटिक्ने बताएको भन्दै तालिबानले आपत्तिसमेत जनाएको छ । तालिबानले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई सचेत गराएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ३५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम